सांसद (समानुपातिक)
एलिजा गुरुङ
Eliza Gurung
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 30
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- घण्टी
- Ballot list position
- 26
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
एलिजा गुरुङ उत्तरी गोरखाको विकट क्षेत्र धार्चे-२ को केरौजा गाउँमा जन्मिएकी हुन् । उक्त हिमाली भेगको कठिन भूगोलमा हुर्केकी उनले स्थानीय केरौजा माध्यमिक विद्यालयबाट माध्यमिक तह र मनाङको थोजो क्याम्पसबाट प्लस टु उत्तीर्ण गरिन् । २०७२ सालको भूकम्पपछि आफ्नो गाउँ फर्किएर एलिजा केयर नेपालमा सोसल मोबिलाइजरको रूपमा काम सुरु गरिन् । भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, सचेतना कार्यक्रम सञ्चालन, कम्बल तथा सोलार उपकरण वितरण जस्ता कार्यमा सक्रिय रहेकी उनले पद्धति विकास सेवा केन्द्र र एकीकरण नेपाल जस्ता संस्थामा चार वर्षसम्म सोसल मोबिलाइजरको भूमिका निर्वाह गरिन् । २०१९ मा एसके इन्टरटेनमेन्टद्वारा आयोजित 'मिस आदिवासी जनजाति'को उपाधि जितेर राष्ट्रिय स्तरमा चर्चा कमाइन् ।
Career · पेशा
२०१९ मा नै धार्चे गाउँपालिकाद्वारा बालविवाह न्यूनीकरण दूत घोषित भएकी एलिजा गुरुङ समाजसेवा र राजनीतिमा सक्रिय रहँदै आएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका २५ जना संस्थापक केन्द्रीय सदस्यमध्ये एकको रूपमा २०७९ साउनमा पार्टी प्रवेश गरेकी उनी २०८२ को निर्वाचनमा समानुपातिक तर्फ सांसद बन्न सफल भइन् । उत्तरी गोरखाको चुम नुब्री र धार्चे क्षेत्रबाट पहिलो महिला सांसद बनेकी उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार र बालविवाह रोक्ने जस्ता विषयलाई प्राथमिकता दिने बताएकी छन् । विकट भूगोलबाट संसदसम्मको यात्रा गर्दै उनले आफ्नो क्षेत्रको विकास र अधिकारका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
Education · शिक्षा
प्लस टु
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.