गुणराज मुक्तान
Gunaraj Muktan
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 19,166
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 40
- Party (registry)
- नेपाली काँग्रेस
- Election level
- Federal
- District
- Kavrepalanchok
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 19,166
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२, शिखरपुरमा २०४२ साल माघ ११ गते जन्मिएका गुणराज मुक्तान नेपाली कांग्रेसका एक प्रखर, शिक्षित र वैचारिक छवि भएका युवा नेता हुन्। जितबहादुर मुक्तान र हिरामाया काल्तानका सुपुत्र मुक्तानले शैक्षिक क्षेत्रमा उच्च सफलता हासिल गरेका छन्। उनले शैक्षिक योजना तथा व्यवस्थापनमा स्नातकोत्तर र विकास अध्ययनमा एमफिल (M.Phil.) पूरा गरी हाल 'विद्यालय शासन प्रणाली' विषयमा विद्यावारिधि (PhD) गरिरहेका छन्। आगामी २०८४ को प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका मुक्तानले पार्टीभित्र पुस्तान्तरण, नीतिगत सुधार र सांगठनिक रूपान्तरणको मुख्य एजेन्डा अघि सारेका छन्।
Career · पेशा
मुक्तानको राजनीतिक यात्रा २०५८ सालमा कोटेश्वर बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्य बनेसँगै सुरु भएको हो। विद्यार्थी राजनीतिमा निकै सक्रिय रहेका उनले नेविसंघ काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को सभापति भएर दुई कार्यकाल नेतृत्व सम्हालेका थिए। पार्टीको सांगठनिक संरचनामा तल्लो तहदेखि नै भिज्दै आएका मुक्तानले साविक भीमखोरी गाउँ इकाइको सभापति र १२औं तथा १३औं महाधिवेशनमा काभ्रे क्षेत्र नम्बर १ को सचिवका रूपमा दुई कार्यकाल जिम्मेवारी पूरा गरे। १४औं महाधिवेशनबाट उनी भारी मतका साथ नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला सचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित भई हाल पार्टीको जिल्ला संगठन सुदृढीकरणमा क्रियाशील छन्।
Political journey · राजनीतिक यात्रा
राजनीतिसँगै मुक्तानले नीति निर्माण र सामाजिक विकासका क्षेत्रमा समेत विशिष्ट पहिचान बनाएका छन्। उनले बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्यका रूपमा प्रदेशको योजना तर्जुमा र सरकार सञ्चालनमा महत्वपूर्ण योगदान दिएका छन्। शिक्षा क्षेत्रमा विशेष दख्खल राख्ने मुक्तान सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्ष र नेपाल सरकारको उच्चस्तरीय शिक्षा आयोगको सदस्यका रूपमा पनि कार्यरत रहे। नाङसाल एसोसियसनको अध्यक्षका रूपमा उनले खानीखोला, महाभारत, रोशी र नमोबुद्ध जस्ता दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा भूकम्पपछिको पुनर्निर्माणमा प्रत्यक्ष रूपमा जनतालाई सहयोग पुर्याउँदै आएका छन्।
Education · शिक्षा
M phill
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — काभ्रेपलाञ्चोक
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाली काँग्रेस
-
2082 BSCandidate · Did not winकाभ्रेपलाञ्चोक
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.