जनार्दन शर्मा
Janardan Sharma
- Party · दल
- प्रगतिशील लोकतान्त्रिक पार्टी
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 14,346
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 62
- Party (registry)
- प्रगतिशील लोकतान्त्रिक पार्टी
- Designation
- पार्टी सदस्य
- Election level
- Federal
- District
- Rukum West
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 14,346
- Election history (notes)
- वि.सं. २०६४ र २०७०: रुकुमबाट संविधान सभा सदस्यमा निर्वाचित। वि.सं. २०७४ र २०७९: रुकुम पश्चिम-१ बाट भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित। उनले २०७९ को चुनावमा एमालेका नन्दराम देवकोटालाई झण्डै २६,५८८ मतान्तरले पराजित गरेका थिए।
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
नेपाली राजनीतिमा जनार्दन शर्मा (प्रभाकर) एक शक्तिशाली, रणनीतिकार र प्रभावशाली नेता हुन्। उनको राजनीतिक यात्रा सशस्त्र संघर्षदेखि राज्यसत्ताको सर्वोच्च तहसम्म फैलिएको छ। सशस्त्र युद्धकालमा उनी 'कमाण्डर प्रभाकर' को नामले चिनिन्थे। उनी वि.सं. २०३४ देखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय थिए।
Career · पेशा
उनले शिक्षा शास्त्रमा स्नातक (B.Ed.) गरेका छन् र राजनीतिमा लाग्नुअघि उनले कृषि प्राविधिक (JTA) को रूपमा जागिर समेत गरेका थिए। जनार्दन शर्मा तत्कालीन नेकपा (माओवादी) को जनमुक्ति सेना (PLA) का चार डेपुटी कमाण्डरहरूमध्ये एक हुन्।उनी रुकुम र रोल्पालाई आधार बनाएर युद्धको सैन्य र राजनीतिक रणनीति बनाउने मुख्य पात्र थिए। उनले डिभिजन कमाण्डरदेखि डेपुटी कमाण्डरको जिम्मेवारी सफलतापूर्वक सम्हालेका थिए।
Political journey · राजनीतिक यात्रा
शान्ति तथा पुनस्र्थापना मन्त्री (२०६५): पहिलो पटक पुष्पकमल दाहाल 'प्रचण्ड' को सरकारमा।
ऊर्जा मन्त्री (२०७३-२०७४): उनको यो कार्यकाल सबैभन्दा सफल र चर्चित मानिन्छ। नेपालमा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्ने प्रक्रियाको नेतृत्व उनैले गरेका थिए, जसमा उनलाई कुलमान घिसिङले साथ दिएका थिए।
गृह मन्त्री (२०७४): शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारमा।
अर्थ मन्त्री (२०७८-२०७९): शेरबहादुर देउवाकै नेतृत्वको गठबन्धन सरकारमा। उनको यो कार्यकालमा 'बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश' सम्बन्धी विवाद र सीसीटीभी फुटेज प्रकरणले ठूलो राजनीतिक चर्चा र छानबिन समेत निम्त्याएको थियो।
Education · शिक्षा
स्नातक
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — रुकुम पश्चिम
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1प्रगतिशील लोकतान्त्रिक पार्टी
-
2082 BSCandidate · Did not winरुकुम पश्चिम
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.