Skip to main content
कमल सुवेदी

कमल सुवेदी

Kamal Subedi

Party · दल
जनादेश पार्टी नेपाल(एकल चुनाव चिन्ह)
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
2
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 50%
44,250
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
34
Party (registry)
जनादेश पार्टी नेपाल(एकल चुनाव चिन्ह)
Election level
Federal
District
Kathmandu
Constituency
1
Candidacy year (BS)
2082
Total votes
2
Permanent address
दाङ दंगीशरण गाउँपालिका
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

कमल सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टीका एक जुझारु युवा नेता हुन्। ३८ वर्षीय सुवेदीलाई रास्वपाभित्र तल्लो तहबाट आएको र वैचारिक रूपमा स्पष्ट नेताका रूपमा चिनिन्छ।राजनीतिमा पूर्ण रूपमा होमिनुअघि उनी विभिन्न सामाजिक संघ-संस्था र युवाहरूको हकहितका लागि हुने अभियानहरूमा सक्रिय थिए। दाङ जिल्लाको दंगीशरण गाउँपालिका–४, मौलीका स्थायी बासिन्दा कमल सुवेदी स्थानीय मुद्दाहरूमा प्रखर रूपमा प्रस्तुत हुने नयाँ पुस्ताका प्रभावशाली नेता हुन्। वि.सं. २०४३ मा जन्मिएका ३८ वर्षीय सुवेदीले वीरेन्द्र माध्यमिक विद्यालय, हेकुलीबाट २०६० मा एसएलसी उत्तीर्ण गरेका थिए। उनले ज्ञानसिन्धु उच्च माविबाट विद्यालय शिक्षा पूरा गरी महेन्द्र रत्न क्याम्पस, ताहाचलबाट शिक्षाशास्त्रमा स्नातक र २०७० मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गरेका छन्। साथै, उनले सन् २०१८ (वि.सं. २०७५) मा क्यानाडाबाट 'डिप्लोमा इन डेभलपमेन्ट लिडरसिप' समेत प्राप्त गरी विकास र नेतृत्वको क्षेत्रमा आफ्नो प्राज्ञिक दायरा फराकिलो बनाएका छन्।

Career · पेशा

दाङको दंगिशरण गाउँपालिका–४, मौलीमा २०४४ साल मंसिर १६ गते एक सामान्य किसान परिवारमा जन्मेका सुवेदीको बाल्यकाल संघर्षपूर्ण रहेको थियो। उनले गाउँकै लक्ष्मीनारायण प्राथमिक विद्यालय र वीरेन्द्र माध्यमिक विद्यालय, हेकुलीबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। ग्रामीण जीवनको भोगाइले उनलाई सामाजिक सेवा र अन्याय विरुद्ध बोल्न प्रेरित गरेको देखिन्छ। सुवेदीको व्यावसायिक र सामाजिक पहिचान अत्यन्त सुदृढ छ। उनी हाल एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (AIDIA) को निर्देशकका रूपमा कार्यरत छन्। संस्थागत नेतृत्वमा दख्खल राख्ने उनी राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका संस्थापक केन्द्रीय अध्यक्ष हुन् भने सामुदायिक सञ्चारको क्षेत्रमा उनले सामुदायिक रेडियो हापुरेको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका छन्। क्षमता विकास, संगठन निर्माण र नीतिगत तालिमका क्षेत्रमा उनी एक विज्ञका रूपमा चिनिन्छन्, जसले गर्दा युवा तथा सामुदायिक विकासका कार्यहरूमा उनको विशेष योगदान रहेको छ।

Political journey · राजनीतिक यात्रा

सुवेदीको राजनीतिक यात्रा स्कुल जीवनदेखि नै सुरु भएको थियो। उनले झन्डै एक दशकसम्म युवा महासंघको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए, जसले उनलाई संगठनात्मक कार्यमा अनुभवी बनाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि नै उनी यसमा आबद्ध रहेका छन्। पार्टीमा उनले केन्द्रीय प्रशिक्षण विभागको सचिवका रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए, जहाँ उनले पार्टीको विचार, सिद्धान्त र राजनीतिक प्रतिवेदन निर्माणमा मुख्य भूमिका खेलेका थिए।वि.सं. २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भए पनि उनले आफ्नो क्षेत्र नछोडी निरन्तर जनताको सेवामा खटिरहे। राजनीतिक रूपमा कमल सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका छन् र हाल उनी पार्टीको केन्द्रीय प्रशिक्षण विभागको सचिवको जिम्मेवारीमा छन्। वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका सुवेदीले १५,३२६ मत प्राप्त गरी बलियो उपस्थिति जनाएका थिए।

Education · शिक्षा

व्याचलर कर्मश

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — काठमाडौं
    2 votes · FPTP
    Lost
  • 2082
    Constituency — दाङ
    44,248 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    जनादेश पार्टी नेपाल(एकल चुनाव चिन्ह)
  • 2082 BS
    Candidate · Did not win
    काठमाडौं
  • 2082 BS
    Elected Official · Elected
    दाङ

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.