राम शंकर यादव
Ram Shankar Yadav
- Party · दल
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 7,886
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 64
- Party (registry)
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
- Election level
- Federal
- District
- Siraha
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 7,886
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
रामशंकर यादवको जन्म २०१८ साल असोज १४ गते सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–१ मा भएको हो। धनमन्ती यादवका सुपुत्र उनले प्रवीणता प्रमाणपत्र तह (आईएस) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। स्नातक तहमा सूचना साक्षरता विषय अध्ययन गर्दै गर्दा २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट उनी राजनीतिमा होमिएका थिए। लामो समयदेखि नेकपा एमालेमा आबद्ध यादव पार्टीको संगठनात्मक सुदृढीकरणमा एक निष्ठावान् नेताका रूपमा चिनिन्छन्।
Career · पेशा
उनको राजनीतिक यात्रा स्थानीय तहदेखि सुरु भएको हो। २०४८ सालको स्थानीय निर्वाचनमा भगवानपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएर उनले आफ्नो नेतृत्व क्षमता प्रमाणित गरे। त्यसपछि इलाका सदस्य र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरे। राजनीतिक यात्राका क्रममा उनले केही कठिन समय पनि झेल्नुपर्यो; नेकपा मालेबाट संघीय निर्वाचनमा पराजय र तत्कालीन समयमा लागेको राजनीतिक मुद्दाका कारण उनी करिब १०–१२ वर्ष सक्रिय राजनीतिबाट ओझेल पर्नु परेको थियो। पछि केपी शर्मा ओली नेतृत्वको सरकारबाट आममाफी पाएपछि उनी पुनः मूलधारको राजनीतिमा फर्किएका हुन्।
Political journey · राजनीतिक यात्रा
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट नेकपा एमालेको उम्मेदवार बनी २९,४६२ मतका साथ विजयी भएर उनले पहिलोपटक संसदको यात्रा तय गरे। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता पदम नारायण चौधरीलाई २,०८३ मतान्तरले पराजित गरेका थिए। हाल २०८२ फागुन २१ गते हुने निर्वाचनमा पुनः एमालेबाटै उम्मेदवार बनेका यादव आफ्नो अनुभव र विगतको जितलाई कायम राख्ने दाउमा छन्।
Education · शिक्षा
आई एल
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — सिराहा
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
-
2082 BSCandidate · Did not winसिराहा
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.