सांसद (समानुपातिक)
रुवी कुमारी
Ruby Kumari
- Party · दल
- श्रम संस्कृति पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 25
- Party (registry)
- श्रम संस्कृति पार्टी
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- अँजुलीमा रहेको माटो
- Ballot list position
- 105
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
धनुषा जिल्लाको मझेलियास्थित ठाकुर बस्तीको एक सामान्य परिवारमा जन्मिएकी रुबीकुमारी ठाकुर देशकै कान्छी सांसदका रूपमा परिचित छिन्। उनका पिता सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् भने आमा रेणु ठाकुर गृहिणी हुन्। ६ भाइबहिनीमध्येकी एक रुबीले आर्थिक अभाव र सामाजिक विभेदका बाबजुद आफ्नो संघर्ष जारी राखिन्। उनले २०७४ सालमा एसईई उत्तीर्ण गरी धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लो (इन्जिनियरिङ) अध्ययन पूरा गरिन्। राजनीतिमा प्रवेश गर्नुअघि उनी एक कन्सल्टेन्सीमा नक्सा बनाउने र डिजाइन गर्ने प्राविधिक काम गर्थिन्, जहाँबाट हुने कमाइले उनले आफ्नो परिवार र भाइबहिनीको पढाइमा सहयोग पुर्याउँदै आएकी थिइन्।
Career · पेशा
रुबीको राजनीतिक यात्रा कुनै योजनाबद्ध नभई अप्रत्याशित र तीव्र गतिको रहेको छ। सामाजिक सञ्जालमार्फत धरानका मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएकी उनले धनुषामा साम्पाङलाई भेटेपछि श्रम संस्कृति पार्टीमा आबद्ध हुने निर्णय गरिन्। चुनावी अभियानमा सक्रिय भएर लागेकी उनलाई पार्टीले मधेशी क्लस्टरबाट समानुपातिक सांसदका रूपमा चयन गरेपछि उनी संघीय संसद्सम्म पुग्न सफल भइन्। हाल उनी मधेशमा व्याप्त दाइजो प्रथा, बालविवाह र सामाजिक विभेद विरुद्ध आवाज उठाउने लक्ष्यका साथ संसद्मा क्रियाशील छिन्। राजनीतिसँगै आफ्नो उच्च शिक्षा (बीई) लाई पनि अगाडि बढाउने सोच राखेकी रुबीले आगामी पाँच वर्ष पूर्ण रूपमा देश र समाज सेवामा समर्पित गर्ने अठोट लिएकी छिन्।
Education · शिक्षा
डिप्लोमा इन्जिनियरिङ्ग
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)श्रम संस्कृति पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.