सरेश नेपाल
Saresh Nepal
- Party · दल
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 11,961
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 65
- Party (registry)
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
- Election level
- Federal
- District
- Sindhupalchok
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 11,961
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
सरेश नेपालको जन्म १ माघ २०१७ मा सिन्धुपाल्चोक जिल्लाको साविक ठूलोपाखर (हाल सुनकोशी गाउँपालिका–७) मा भएको हो । उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । एक परिपक्व र अनुभवी नेताको छवि बनाएका नेपाल जिल्लामा तार्किक र तथ्यमा आधारित विचार राख्ने नेताका रूपमा परिचित छन् । विशेषगरी गुठी जग्गा पीडितहरूको पक्षमा निरन्तर वकालत गर्दै आएका उनले आफ्नो पहिचान एक जुझारु र जनपक्षीय नेताको रूपमा स्थापित गरेका छन् ।
Career · पेशा
नेपालको राजनीतिक यात्रा २०३५ सालदेखि सुरु भएको हो । उनले २०४० सालमा पञ्चायती शासन विरुद्ध भएको ऐतिहासिक पिस्कर विद्रोहमा सक्रिय सहभागिता जनाएका थिए । सोही क्रममा उनले २०४० देखि २०४३ सालसम्म जेल जीवन समेत भोगेका थिए भने केही समय भूमिगत राजनीतिमा पनि सक्रिय रहे । लामो समय नेकपा एमालेको विभिन्न सांगठनिक जिम्मेवारीमा रहेका उनी तत्कालीन जिल्ला विकास समितिको सभापति र एमालेको केन्द्रीय लेखा समिति सदस्य समेत रहेर काम गरिसकेका छन् ।
Political journey · राजनीतिक यात्रा
संसदीय राजनीतिमा नेपालले २०७४ सालको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा विजयी भएर बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीको रूपमा कार्यकारी जिम्मेवारी सम्हालेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी २७,०१८ मत प्राप्त गरे पनि माओवादी केन्द्रका माधव सापकोटासँग पराजित भएका थिए । आगामी निर्वाचनमा पनि उनै पुराना प्रतिस्पर्धीसँगको भिडन्तलाई लिएर सिन्धुपाल्चोकको चुनावी राजनीति निकै रोचक हुने देखिएको छ ।
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — सिन्धुपाल्चोक
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
-
2082 BSCandidate · Did not winसिन्धुपाल्चोक
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.