अमन लाल मोदी
Aman Lal Modi
- Party · दल
- नेपाली कम्युनिष्ट पार्टी
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 10,762
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 40
- Party (registry)
- नेपाली कम्युनिष्ट पार्टी
- Election level
- Federal
- District
- Morang
- Constituency
- 4
- Candidacy year (BS)
- 2082
- Total votes
- 10,762
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
अमनलाल मोदी नेपाली राजनीतिका एक संघर्षशील र प्रभावशाली व्यक्तित्व हुन्, जो हाल नेकपा (माओवादी केन्द्र) बाट मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। सात वर्षको उमेरमै पिता गुमाएका मोदीले अभाव र गरिबीसँग जुध्दै श्रमिकदेखि मन्त्रीसम्मको यात्रा तय गरेका छन्। २०७० सालको संविधानसभा सदस्यबाट संसदीय यात्रा सुरु गरेका उनी २०७४ र २०७९ मा लगातार प्रत्यक्ष निर्वाचित भई सामान्य प्रशासन मन्त्री समेत भइसकेका छन्।
Career · पेशा
मोदीको व्यक्तिगत जीवन अभाव, कठोर श्रम र दृढ संकल्पको सङ्गालो हो। बाल्यकालमा आमाले हाटबजारमा आलुचप बेचेर परिवार पालेको देख्दै हुर्किएका उनले बिहान-बेलुका उद्योगमा मजदुरी गरेर आफ्नो विद्यालय तहको शिक्षा पूरा गरे। उच्च शिक्षाका लागि विराटनगर आउँदा उनले होटलमा वेटर र क्लिनरको रूपमा काम गरेर पढाइ खर्च जुटाएका थिए। सशस्त्र द्वन्द्वको समयमा दुई वर्ष तीन महिना जेल जीवन बिताउँदा उनले थप कठोर भोगाइहरू सँगाल्ने अवसर पाए। यी सबै अनुभवले उनलाई भुइँतहका जनताको पीडा बुझ्न सक्ने एक संवेदशिल र जुझारु नेताको रूपमा स्थापित गरेको छ।
Political journey · राजनीतिक यात्रा
मोदीको राजनीतिक यात्रा २०५६ सालमा अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीतिमार्फत सुरु भएको थियो। २०७० सालमा समानुपातिक सभासद बनेका उनी २०७४ मा दिग्गज नेतालाई पराजित गर्दै प्रत्यक्षतर्फको राजनीतिमा उदय भए। तीन पटक संसदमा प्रतिनिधित्व गरिसकेका मोदीसँग संसदीय प्रक्रिया, कानुन निर्माण र कार्यपालिका सम्हालेको गहन अनुभव छ। मन्त्रीको रूपमा कार्यसम्पादन गरिसकेका कारण उनले राष्ट्रिय राजनीतिमा पनि आफ्नो बलियो पकड बनाएका छन्।
Education · शिक्षा
वि ए स्नातक एम ए
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — मोरङ्ग
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 4नेपाली कम्युनिष्ट पार्टी
-
2082 BSCandidate · Did not winमोरङ्ग
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.