Skip to main content
विमलेन्द्र निधि

विमलेन्द्र निधि

Bimalendra Nidhi

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
16,652
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
69
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
District
Dhanusha
Constituency
3
Candidacy year (BS)
2082
Total votes
16,652
Election history (notes)
प्रतिनिधि सभा निर्वाचन २०७९ को निर्वाचनमा उनी प्रत्यक्ष नलडी नेपाली कांग्रेसको समानुपातिक सूचीमा बसे। प्रतिनिधि सभा निर्वाचन २०७४ मा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोसँग पराजित भए। दोस्रो संविधान सभा निर्वाचन २०७० मा उनी पुनः धनुषा-३ बाटै विजयी भए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा मधेस आन्दोलनको रापतापका बीच भएको यस निर्वाचनमा निधि धनुषा-३ बाट विजयी भए। उनले तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र एमालेका उम्मेदवारहरूलाई पराजित गरेका थिए। प्रतिनिधि सभा निर्वाचन २०५६ मा उनी नेकपा (एमाले) का उम्मेदवार कृष्ण प्रताप मल्लसँग पराजित हुन पुगे। मध्यवधि निर्वाचन २०५१ मा उनी पहिलो पटक प्रतिनिधि सभा सदस्यका रूपमा विजयी भए। उनले एमालेका उम्मेदवारलाई पराजित गर्दै आफ्नो संसदीय यात्रा औपचारिक रूपमा सुरु गरे।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

नेपाली राजनीतिका एक प्रभावशाली र रणनीतिकार नेता विमलेन्द्र निधि लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेका र मधेस केन्द्रित राजनीतिको केन्द्रविन्दुमा रहने व्यक्तित्व हुन्। उनी नेपाली कांग्रेसका पूर्व उपसभापति र पूर्व उपप्रधानमन्त्री समेत हुन्।उनी नेपालका गान्धीवादी नेता र नेपाली कांग्रेसका संस्थापकहरूमध्येका एक महेन्द्र नारायण निधिका सुपुत्र हुन्। पिताको राजनीतिक संघर्ष र गिरफ्तारीलाई नजिकबाट नियालेका निधिले १४ वर्षको कलिलो उमेरदेखि नै राजनीतिमा पाइला टेकेका थिए।वि.सं. २०३६ को विद्यार्थी आन्दोलनको समयमा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सभापति बनेका थिए। तत्कालीन समयमा उनी बीपी कोइरालाका प्रिय पात्र मानिन्थे।

Career · पेशा

उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर (MA) गरेका छन्। शेरबहादुर देउवाको पहिलो कार्यकालमा उनी नेपाली कांग्रेसको उपसभापति (२०७५-२०७८) थिए। शेरबहादुर देउवाको पहिलो कार्यकालमा उनी नेपाली कांग्रेसको उपसभापति (२०७५-२०७८) थिए। २०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा उनले सभापति पदका लागि उम्मेदवारी दिएका थिए, तर दोस्रो चरणमा उनले शेरबहादुर देउवालाई समर्थन गरे।उनलाई काठमाडौँ र मधेसबीचको राजनीतिक संवादको प्रमुख 'पुल' मानिन्छ। उनले मधेसका मुद्दाहरूलाई लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्न सधैँ वकालत गर्दै आएका छन्। उनी अहिंसा, लोकतन्त्र र सामाजिक न्यायमा आधारित गान्धीवादी चिन्तनबाट प्रभावित छन्।

Political journey · राजनीतिक यात्रा

उपप्रधानमन्त्री तथा गृहमन्त्री (२०७३-२०७४): पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा। उनी सरकारमा नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री र गृहमन्त्री बनेका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्री (२०७०-२०७२): सुशील कोइरालाको सरकारमा। उनको कार्यकालमा तराई-मधेसको जीवनरेखा मानिएको हुलाकी राजमार्ग र काठमाडौँ-तराई फास्ट ट्र्याक निर्माणमा विशेष पहल भएको थियो। सामान्य प्रशासन मन्त्री र शिक्षा मन्त्री: विभिन्न समयमा उनले यी मन्त्रालयहरूको पनि नेतृत्व गरेका छन्।

Education · शिक्षा

MA poltical science

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — धनुषा
    16,652 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 3
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate · Did not win
    धनुषा

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.