Skip to main content
सुदन कुमार वली

सुदन कुमार वली

Sudan Kumar Oli

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
12,008
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
34
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
District
Rolpa
Constituency
1
Candidacy year (BS)
2082
Total votes
12,008
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

३४ वर्षीय डा. सुदनकुमार ओली नेपाली कांग्रेसका एक प्रखर युवा अर्थशास्त्री, नीति विशेषज्ञ र बौद्धिक नेता हुन्। उनले चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल बिजनेस एण्ड इकोनोमिक्सबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्। मानवीय पुँजी विकास, स्थानीय अर्थतन्त्र र नीति अनुसन्धानमा गहिरो दख्खल राख्ने डा. ओलीले रोल्पाको विकटता र सम्भावना दुवैलाई नजिकबाट बुझेका छन्।

Career · पेशा

डा. ओलीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न निकायहरूमा नीति निर्माण र योजना तर्जुमाको बृहत् अनुभव छ। उनले लुम्बिनी प्रदेश योजना आयोगको सदस्यका रूपमा प्रदेशको विकासको खाका कोर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसबाहेक, उनले युवा तथा खेलकुद मन्त्रालयमा नीति विज्ञ र सिँचाइ मन्त्रालयमा सल्लाहकारका रूपमा कार्य गर्दै राष्ट्रिय खेलकुद तथा पर्यटन नीतिको मस्यौदा तयार पार्ने जस्ता रणनीतिक कार्यहरूमा नेतृत्वदायी योगदान दिएका छन्। विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरूमा सल्लाहकार र प्रशिक्षकको रूपमा कार्य गरेको अनुभवले उनलाई स्थानीय समस्याहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिसँग जोड्न सक्षम बनाएको छ।

Political journey · राजनीतिक यात्रा

डा. ओलीको राजनीतिक यात्रा वि.सं. २०६० सालदेखि नेपाल विद्यार्थी संघको माध्यमबाट सुरु भएको हो। नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट पार्टीको सक्रिय सदस्यता प्राप्त गरेका उनले पार्टीभित्र बौद्धिक र नीतिगत तहमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनी हाल नेपाली कांग्रेसको 'नीति प्रशिक्षण तथा अनुसन्धान विभाग' को सदस्यका रूपमा कार्यरत छन् भने यसअघि पार्टीको 'आर्थिक नीति तथा योजना विभाग' मा सदस्य तथा विज्ञ सदस्यका रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

Education · शिक्षा

विद्यावारीधी

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — रोल्पा
    12,008 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate · Did not win
    रोल्पा

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.