वालकृष्ण थापा
Walkrishna Thapa
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 8,670
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 73
- Party (registry)
- नेपाली काँग्रेस
- Election level
- Federal
- District
- Bhojpur
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 8,670
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
भोजपुर नगरपालिका–७, कोदारमा २००९ साल असार २० गते जन्मिएका बालकृष्ण थापा नेपाली कांग्रेसका एक त्यागी र बौद्धिक नेता हुन्। माध्यमिक तहको शिक्षा भोजपुरमै पूरा गरेका थापाले उच्च शिक्षाका लागि विराटनगर र काठमाडौंलाई रोजे। उनले विराटनगरबाट स्नातक र काठमाडौंमा राजनीतिशास्त्रमा स्नातकोत्तर (मास्टर्स) सम्मको अध्ययन गरेका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिक विचार र सिद्धान्तप्रति स्पष्ट रहेका थापाले आफ्नो अध्ययन र राजनीतिलाई सँगसँगै अगाडि बढाएका थिए।
Career · पेशा
थापाको राजनीतिक यात्रा २०२५ सालमा १६ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको भूमिगत गतिविधिबाट सुरु भएको हो। २०२७ सालमा शेरबहादुर देउवा नेविसंघको केन्द्रीय सभापति हुँदा थापा भोजपुर नेविसंघको संस्थापक सभापति बनेका थिए। पञ्चायत कालको कठिन समयमा उनले पटक-पटक जेल जीवन बिताउनु पर्यो। २०२६ सालमा विद्यार्थी आन्दोलनका क्रममा ९ महिना राजविराज जेल र २०२९ सालमा देवानसिंह राईको शोकसभामा सहभागी हुँदा ४ महिना जेल बसेका थापाले २०३६ को जनमत संग्रह र २०४२ को भद्र अवज्ञा आन्दोलनमा पनि निर्णायक भूमिका निर्वाह गरेका थिए।
Political journey · राजनीतिक यात्रा
पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा थापाले नेपाली कांग्रेसको संगठन निर्माणमा ठुलो योगदान पुर्याएका छन्। २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी रहेका उनी त्यसपछि भोजपुर जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै २०६८ सालमा नेपाली कांग्रेस भोजपुरको जिल्ला सभापतिमा निर्वाचित भए। उनले पार्टीभित्र सामूहिक नेतृत्व, भावनात्मक एकता र लोकतान्त्रिक कार्यशैलीको वकालत गर्दै आएका छन्। निरन्तरको क्रियाशीलता र इमानदारिताले गर्दा उनलाई पार्टीभित्र एक विश्वासिलो र 'क्लिन इमेज' भएको नेताका रूपमा चिनिन्छ।
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — भोजपुर
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाली काँग्रेस
-
2082 BSCandidate · Did not winभोजपुर
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.