⋯
नागरिकको वैयक्तिक विवरण Auto-fill हुने व्यवस्था सम्बन्धित कार्यालयहरूले ६० दिनभित्र गर्ने
◐ प्रगतिमा
⏱ म्याद: ६० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सबै सम्बन्धित सरकारी कार्यालयहरू; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
६० दिन
प्रगतिमा
नागरिकको वैयक्तिक विवरण Auto-fill हुने व्यवस्था सम्बन्धित कार्यालयहरूले ६० दिनभित्र गर्ने; एकपटक दिएको डाटा अन्य सरकारी निकायले प्रयोग गर्ने वातावरण मिलाउने
☞ हाम्रो मूल्याङ्कन
साउन २, २०८३ मा राष्ट्रिय किताबखानाले Auto-fill सुविधा लागू गरी लोक सेवा आयोगसँग प्रणाली अन्तर-आबद्धताको समझदारी गरेको छ, जसले नयाँ कर्मचारीको विवरण स्वतः भरिन्छ। तर यो सुविधा मुख्यतः निजामती अभिलेखमा सीमित छ। एकपटक दिएको डाटा सबै निकायले प्रयोग गर्ने वातावरण राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म (बुँदा ३६) मा निर्भर छ, जुन अझै स्थापना चरणमा छ।
🏛 सरकारी दाबी · Partially Claimed
प्रहरी भर्ना फारममा वैयक्तिक विवरण भर्न API उपलब्ध गराइएको र निकायबीच विवरण आदानप्रदान (interoperability) का दाबी छन्; सर्वत्र Auto-fill को दाबी छैन। (पृ. ७, ८, १२)
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?