⋯
महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' सेवा सञ्चालन…
◐ प्रगतिमा
⏱ म्याद: १०० दिन 🧑🤝🧑 रोजगार र सामाजिक सुरक्षा · भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; प्रदेश सरकारहरू
घोषणा
चैत १३, २०८२
म्याद
१०० दिन
प्रगतिमा
महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' सेवा सञ्चालन गर्ने; पहिलो चरणमा १०० दिन भित्र कम्तिमा २५ वटा बस सञ्चालनमा ल्याउने
☞ हाम्रो मूल्याङ्कन
वाचा सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' चलाउने र पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ बस सञ्चालनमा ल्याउने थियो। साझा यातायातका आठ बसलाई ब्लु बस बनाएर साउन २०८३ देखि काठमाडौं उपत्यकामा मात्र सेवा सुरु गरिएको छ, र साउन १ मा सुरु गर्ने भनिएको दिनसम्म सम्झौता नै भएको थिएन। २५ बस र सातै प्रदेशको लक्ष्य पूरा नभएकाले वाचा प्रगतिमा छ।
🏛 सरकारी दाबी · Claimed In Progress
'ब्लु बस' सञ्चालनको कार्य अघि बढेको; आ.व. २०८३/८४ का लागि रु. ४ करोड ५० लाख विनियोजन; पहिलो चरणमा काठमाडौं उपत्यकामा ८ बस सञ्चालनको तयारीको दाबी (१०० दिनमा २५ बसको लक्ष्य पूरा भएको देखिँदैन)। (पृ. २५)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
54
लामो दूरी बस सिन्डिकेट/कार्टेल अन्त्य
प्रगतिमा
55
सडक सुरक्षा प्रविधि (GPS, AI ट्राफिक क्यामेरा, डिजिटल जरिवाना)
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?