⋯
सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न निजामती कर्मचारी, शिक्षक,…
◐ प्रगतिमा
⏱ म्याद: ४५ दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
४५ दिन
प्रगतिमा
सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न निजामती कर्मचारी, शिक्षक, प्राध्यापकलाई दल, समूहसँगको आबद्धताबाट मुक्त गरी कार्यसम्पादन गर्न अनिवार्य गर्ने; दलीय ट्रेड युनियन खारेज गर्ने; संघीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने
☞ हाम्रो मूल्याङ्कन
वाचाका तीन भागमध्ये दलीय ट्रेड युनियन खारेजी अध्यादेशमार्फत लागू भएको छ र वैशाख २३ मा १२ ट्रेड युनियनको दर्ता खारेज भएको छ। सर्वोच्चले जेठ मसान्ततिर अन्तरिम आदेश निरन्तर नदिएपछि खारेजी कायम छ, तर भदौ १० मा युनियनका भवन र सम्पत्ति खाली गराउने निर्णयमा अल्पकालीन अन्तरिम आदेश दिएको छ। संघीय निजामती सेवा विधेयक, २०८३ को मस्यौदा वैशाख ११ मा सार्वजनिक भई लोक सेवा आयोगको परामर्शपछि असोज १३ मा मन्त्रिपरिषद्मा पेस भएको छ। ४५ दिनको म्याद नाघेको र विधेयक संसदमा दर्ता हुन बाँकी भएकाले वाचा प्रगतिमा छ।
🏛 सरकारी दाबी · Partially Claimed
सार्वजनिक निकायका दलीय ट्रेड युनियन अध्यादेशबाट खारेज गरिएको दाबी; संघीय निजामती सेवा विधेयक तर्जुमाबारे भने उल्लेख छैन। (पृ. ६, ३४)
⚠ भिन्नता: Report claims progress, tracker Not Started/Stalled
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
5
भ्रष्ट संगठन निर्माण नगर्ने प्रतिबद्धता
अवरुद्ध
6
सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन खारेज
अवरुद्ध
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?