⋯
अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका बोर्ड, समिति, आयोजना र संस्थागत संरचनाहरूको…
✓ सम्पन्न
⏱ म्याद: १ महिना 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; अर्थ मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
१ महिना
सम्पन्न
अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका बोर्ड, समिति, आयोजना र संस्थागत संरचनाहरूको मूल्याङ्कन गरी खारेज, एकीकरण वा पुनःसंरचना गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने; १ महिनाभित्र सिफारिस सहित प्रतिवेदन पेश गर्ने
☞ हाम्रो मूल्याङ्कन
प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्माको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाइसकेको र मन्त्रिपरिषद्ले कार्यान्वयनको निर्णय गरिसकेकाले वाचा (कार्यदल गठन र प्रतिवेदन पेस) पूरा भएको छ, तर १ महिनाको म्यादभन्दा ढिलो। प्रतिवेदनअनुसार संघीय तहका ५५ निकायमध्ये २५ खारेज, ६ एकीकरण, ६ हस्तान्तरण र १८ पुनःसंरचना हुनेछन्। साउन २० मा नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गरी पारवहन तथा गोदाम व्यवस्था कम्पनीमा गाभ्ने निर्णय भएको छ। बाँकी निकायको कार्यान्वयन जारी छ।
🏛 सरकारी दाबी · Claimed In Progress
३१ निकाय खारेजी, ६ मर्जर, ६ हस्तान्तरण र १८ निकायको पुनर्संरचना प्रक्रिया अगाडि बढेको दाबी। (पृ. ५)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
26
सार्वजनिक संस्थान वर्गीकरण (गाभ्ने/निजी-सार्वजनिक/रणनीतिक साझेदार/विकेन्द्रित)
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?