⋯
हेलो सरकार सम्पर्कलाई स्तरोन्नति गरी नागरिक सम्वादको प्लेटफर्मका रूपमा विकास गर्ने
◐ प्रगतिमा
⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
घोषणा
चैत १३, २०८२
म्याद
तत्काल
प्रगतिमा
हेलो सरकार सम्पर्कलाई स्तरोन्नति गरी नागरिक सम्वादको प्लेटफर्मका रूपमा विकास गर्ने; एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति real-time मा अनुगमन गर्ने
☞ हाम्रो मूल्याङ्कन
असार २, २०८३ सम्म हेलो सरकारमा १,१६,००७ गुनासो दर्ता भई ५६.४४ प्रतिशत फर्छ्यौट भएका छन्। गुनासोको संख्या आव ०८०/८१ को ११,९३२ बाट ०८२/८३ को जेठसम्म ४५,६२३ पुगेको छ। सरकारले ड्यासबोर्डमा आबद्ध भएको दाबी गरे पनि सबै मन्त्रालय जोडिने एकीकृत ड्यासबोर्ड र वास्तविक समयको क्रस-मन्त्रालय अनुगमन अझै अध्ययन तथा तयारी चरणमा छ। नागरिक संवाद प्लेटफर्ममा रूपान्तरणको काम पनि अवधारणा चरणमै छ।
🏛 सरकारी दाबी · Claimed Completed
हेलो सरकार स्तरोन्नति गरी नागरिक संवादको प्लेटफर्म बनाइएको; ३,७७० कार्यालय आबद्ध; एकीकृत ड्यासबोर्डबाट रियल-टाइम अनुगमन; गुनासो ६००% ले वृद्धि भई करिब ६०% फर्स्योट भइरहेको दाबी। (पृ. ९)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?