Skip to main content

विश्वविद्यालय/विद्यालय दलीय राजनीतिबाट मुक्त

◐ प्रगतिमा 🩺 स्वास्थ्य, शिक्षा र मानव विकास
घोषणा
म्याद
प्रगतिमा
विश्वविद्यालय/विद्यालय दलीय राजनीतिबाट मुक्त; शिक्षक/प्राध्यापक दलीय आबद्धता निषेध; गैर-दलीय/प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व।
☞ हाम्रो मूल्याङ्कन
सरकारी बुँदा 86 (प्रगतिमा, प्रमुख समकक्ष):
कार्यान्वयनतर्फको पहिलो ठोस कदम चैत २० मा भयो, जब विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा शिक्षामन्त्री सस्मित पोखरेल र १३ उपकुलपतिको उपस्थितिमा बसेको बैठकले विद्यार्थी संगठनलाई कार्यालयका लागि कोठा, भवन र जमिन नदिने, ब्यानर–झन्डा–भित्तेलेखन तत्काल हटाउने र सुरक्षा चुनौती देखिए गृह मन्त्रालयमार्फत सुरक्षा युनिट राख्ने निर्णय गर्‍यो । यो निर्णयविरुद्ध विद्यार्थी संगठनहरू उत्रिए। सरकारले अध्यादेशमार्फत समेत यसलाई कानुनी रूप दिन खोज्यो, र अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायत संगठनहरूले स्ववियु खारेजीविरुद्ध रिट दायर गरे। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पनि जेठ ५ मा छुट्टै रिट दायर गर्दै यो निर्णय संविधानको धारा १७ र १८ विपरीत भएको जिकिर गर्‍यो। बैशाख २८ मा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो र दुवै पक्षलाई छलफलमा बोलायो। साथै सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाऊ आदेश दिँदै अर्को सुनुवाइसम्म यथास्थितिमा राख्न निर्देशन दियो।

सरकारले दलीय संगठन हटाउने राजनीतिक इच्छाशक्ति त देखायो, तर त्यसको विकल्पमा ल्याउने भनिएको 'Student Council/Voice of Student' को ठोस खाका, ऐन र कार्यविधि तयार पार्न सकेन। पुरानो स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को खारेजीको प्रयास त भयो, तर नयाँ काउन्सिल गठन गर्ने प्रक्रिया अझै कागजमै सीमित रहन गयो।
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: onlinekhabar.com ↗ +3
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.