⋯
कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा…
◐ प्रगतिमा
⏱ म्याद: ४५ दिन 💰 राजस्व र वित्त · अर्थ मन्त्रालय; आन्तरिक राजस्व विभाग
घोषणा
चैत १३, २०८२
म्याद
४५ दिन
प्रगतिमा
कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउने कार्ययोजना ४५ दिनभित्र तर्जुमा गरी लागू गर्ने
☞ हाम्रो मूल्याङ्कन
बजेटले भ्याट फिर्ता स्वचालित बनाउने, १० करोडभन्दा बढी कारोबारमा अनिवार्य ई-बिलिङ र AI सहितको ई-असेस्मेन्ट विकास गर्ने घोषणा गरेको छ। सरकारको १०० दिने विवरणअनुसार आन्तरिक राजस्व कार्यालयका सबै कर सेवा अनलाइन भएका छन् र राजस्व अनुसन्धान विभाग खारेज गरी डेडिकेटेड अप्रेसन टिम बनाइएको छ। तर ४५ दिनभित्र छुट्टै 'कर प्रशासन स्वचालन कार्ययोजना' तर्जुमा भई लागू भएको पुष्टि छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
कर विवरण/चुक्तालगायत सेवा पूर्ण अनलाइन; कर प्रशासन स्वचालित बनाउने कार्ययोजना कार्यान्वयनमा; राजस्व अनुसन्धान विभाग खारेज गरी IRD/भन्सारमा गाभिने व्यवस्था; डेडिकेटेड अप्रेशन टिम गठनको दाबी। (पृ. ८, १८, १९)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
22
कर बोझ घटाउने
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?