⋯
राष्ट्रिय स्तरको Project Pipeline तयार गर्ने, रुग्ण आयोजना पुनरावलोकन गर्न ३० दिनभित्र…
◐ प्रगतिमा
⏱ म्याद: ३० दिन / ९० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · राष्ट्रिय योजना आयोग; अर्थ मन्त्रालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
घोषणा
चैत १३, २०८२
म्याद
३० दिन / ९० दिन
प्रगतिमा
राष्ट्रिय स्तरको Project Pipeline तयार गर्ने, रुग्ण आयोजना पुनरावलोकन गर्न ३० दिनभित्र अध्ययन टोली गठन गर्ने; राष्ट्रिय गौरवका तथा ठूला रणनीतिक आयोजनाहरूको कार्यान्वयनलाई 'Fast-Track Mechanism' अन्तर्गत सञ्चालन गर्ने; दुई पटकभन्दा बढी ठेक्का नलागेका आयोजनाहरूलाई सरकारी पूर्वाधार निर्माण कम्पनीमार्फत कार्यान्वयन गर्ने व्यवस्थाका लागि ३० दिनभित्र कानून तर्जुमा गर्ने
☞ हाम्रो मूल्याङ्कन
रुग्ण आयोजनाको अध्ययन वैशाखमा सुरु भएको भनिएको थियो र सरकारको चौथो त्रैमासिक विवरण (साउन २२, २०८३) अनुसार ५७८ अलपत्र ठेक्काको विश्लेषण गरी समाधानका उपाय प्रस्ताव गरिएको छ। Fast-Track तर्फ कानुन मन्त्रालयको अध्ययन समितिले फास्ट ट्र्याक इजलास र पूर्वाधार न्यायाधिकरणको सिफारिस गरेको छ। तर ३० दिनभित्र औपचारिक अध्ययन टोली गठन, राष्ट्रिय Project Pipeline सार्वजनिक र सरकारी निर्माण कम्पनीसम्बन्धी कानुन तर्जुमा भएको पुष्टि छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
कार्यदलबाट ५७८ ठेक्काको अध्ययन गरी २५० रुग्ण, १२२ अलपत्र, १५३ ढिलाइ भएका आयोजना पहिचान; ७ ठूला परियोजनाको लगानी ढाँचा अध्ययन; ३५० भन्दा बढी आयोजना कार्यान्वयनमा तीव्रता; NSPP अवधारणा अनुरूप काम भइरहेको दाबी। (पृ. २०-२२)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
27
सार्वजनिक आयोजना 'मिसन मोड' मा
प्रगतिमा
28
६२ वर्षदेखि अधुरा राष्ट्रिय गौरव आयोजना २ वर्षभित्र सम्पन्न
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?